सशस्त्र प्रहरी बलका डीएसपी बस्याल मृत फेला

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मृत फेला परेका छन् । धनपालथान गाउँपालिका–३ मा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत भेटिएका हुन् ।

बस्याल धनपालथान गाउँपालिका–३ सोराभाग स्थित गुल्मका प्रमुख हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुण्डिएको अवस्थामा डीएसपी बस्यालको शव भेटिएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिएका छन् ।

बाहिर झ्यालबाट हेर्दा झुण्डिएको देखिने, तर कोठाभित्र अहिलेसम्म प्रहरी टोली प्रवेश नगरेको जानकारी दिंदै उनले भने, ‘परिवारका सदस्यलाई बोलाएका छौं, उहाँहरु आएपछि मात्रै भित्र पस्छौं ।’ बस्यालको मृत्युको कारण भने खुलेको छैन । प्रहरीले सोमबार दिउँसो साढे ३ बजे बस्याल मृत भेटिएको जानकारी पाएको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा चलाउने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध तीनवटा गम्भीर कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अघि बढाउने प्रक्रिया थालिसकेको हो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सहकारी छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि प्रहरीले जिल्ला स्तरमा मुद्दा दर्ता गर्नेछ ।

प्रतिकृया दिनुहॊस