ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई कोटेश्वरमा बसले दियो ठक्कर, आइसियुमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ । कोटेश्वरबाट बालकुमारीतर्फ मोडिनेक्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन् । उनको अन्नपूर्ण न्युरोमा उपचार भइरहेको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जिवन श्रेष्ठले खत्रीको आईसियुमा राखेर उपचार भइरहेको बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस