कैलालीमा नाबालकबाट २५ वर्षीया युवती बलात्कृत

धनगढी । कैलालीमा एक नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् । सोमबार जिल्लाको लम्कीचुहा नगरपालिका-१ का १७ वर्षीय (नाम गोप्य राखिएका) नाबालक युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार २५ वर्षीया युवतीमाथि ती नाबालकले करणी गरेको स्वीकार गरेका छन् । उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर करणी गरेको प्रहरीको दाबी छ ।

करणीमा परेकी युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएकोमा घटना सार्वजनिक भएको हो । लम्कीमा यस्तो घटना भएको जानकारी जिल्लालाई प्राप्त भएको डीएसपी कुलदिप चन्दले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री