उपनिर्वाचनको तालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले इलाम र बझाङमा हुने उपनिर्वाचनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । आयोगले वैशाख १५ गते इलाम-२ मा प्रतिनिधि सभा र बझाङ जिल्लाको प्रतिनिधि सभाको १ (क) मा प्रदेश सभाको उपनिर्वाचनको तालिका सार्वजनिक गरेको हो ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिने भएको छ ।

त्यसैगरी चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । साथै चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ भने २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस