ट्याक्टरको ठक्करबाट बाइकमा सवार युवकको मृत्यु, चालक गम्भीर

काठमाडौं । सुर्खेतमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन् । वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकका बा ९५ प ५२९६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको भे १ त ४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।

मृत्यु हुने युवक स्थानीय २८ वर्षीय विजय राना रहेका प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका-१, ढोडेखालीका २३ वर्षीय रुपेश गिरी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको मेहलकुना अस्पतालमा उपचार भइरहेको छ ।

ट्याक्टर चालक र साहु भने फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री