नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नयाँ शाखा थली र कमलविनायकमा

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले थली र कमलविनायकमा २ वटा नयाँ शाखाहरू विस्तार गरेको छ । बैंकले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ०५ मा थली शाखा र भक्तपुर नगरपालिका वडा नं. १० मा कमलविनायक शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाहरूको उद्घाटन गरे । उद्घाटनमा बोल्दै पाण्डेले नयाँ शाखाहरूबाट ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने बताए । बैंकले हाल देशभरिमा २७० शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २६४ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाइ एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक

काठमाडौं । सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी भएको छ …

प्रतिकृया दिनुहॊस