इलाम र बझाङमा आउँदो वैशाख १५ मा उपनिर्वाचन

काठमाडौं । निर्वाचन आयोगले इलाम–२ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा आगामी १५ वैशाखमा उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले उपनिर्वाचन हुन लागेको हो । एमालेबाट निर्वाचित नेम्वाङको गत २६ भदौमा हृदयघातका कारण निधन भएको थियो । बझाङ–१ को प्रदेशसभामा निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंह गत २५ असारमा सवारी दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

Press Release

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस