दशगजा नजिक नेपाली युवक मृत फेला

काठमाडौं । सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल-भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला परेका छन् । मलङ्गवा नगरपालिका-९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३० वर्षीय सहमद साफी मृत अवस्थामा फेला परेका हुन् ।

साफीको शरीरमा कुनै चोटपटक नदेखिएको र मुखबाट अत्यधिक फिँज काडि रहेकाले धेरै मात्रामा लागु औषध सेवन गर्दा उनको मृत्यु भएको आशङ्का गरिएको छ । मृतक युवकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखी घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सदरमुकाम मलङ्गवामा केही समयअघि गोरखकाली प्रहरी चौकी नजिक र माध्यमिक विद्यालयको प्राङ्गणमा दुई जना युवक अत्यधिक लागू औषध सेवनका कारण मृत अवस्थामा फेला परेका थिए । सीमा पारी भारतीय बजारमा खुलेआम बिक्री हुने लागु औषधका कारण सीमावारी सर्लाहीतर्फ व्यापक असर पर्दै गइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस