शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको नगद संकलन काउन्टर

काठमाडौं । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा नगद संकलन काउन्टर सञ्चालनमा ल्याएको छ। अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद संकलन गर्ने सम्झौता गरेको हो।

बैंकले बुधबारदेखि नै काउन्टरले सेवा सुरु गरेको छ। अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गरिने बैंकले जनाएको छ।

सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यूआरमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको छ। बैंकद्वारा प्रदान गरिने उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार/आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्नेछ।

नगद संकलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्। सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री