चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्षमा २८ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको सात महिनामा २८ अर्ब २१ करोड १६ लाख रुपैयाँको खाद्यान्न आयात भएको हो ।

गत वर्ष सात महिनामा ७४ अर्ब २८ करोड ३७ लाख रुपैयाँको खाद्यान्न आयात भएको थियो । यो करिब ४९ अर्ब रुपैयाँ कम हो । साउनयता नेपालबाट ६८ लाख १८ हजार रुपैयाँको मात्रै खाद्यान्न निर्यात भएको छ । नेपालले २८ अर्ब २० अर्ब ४८ लाख रुपैयाँ व्यापार घाटा भएको छ ।  खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारबाट नेपालले १अर्ब ७९ करोड ९३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

नेपालमा अर्जेन्टिना, भारत, थाइल्यान्ड, ब्राजिल, चीन, टर्कीलगायत मुलुकबाट मकै आयात गरिएको गरिन्छ । यस्तै, बासमती चामल चीन, भारत, इन्डोनेसिया, इटाली, जापान, थाइल्यान्डबाट आयात गरिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस