सांकेतिक तस्बिर

अनुमतिविना महिलाको भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका डीएसपी पक्राउ

काठमाडौं । विना अनुमति सार्वजनिक ठाउँमा महिलाको भिडियो बनाएको आरोपमा सशस्त्र प्रहरी बलका एक जना डीएसपी पक्राउ परेका छन् । स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुलसिंह केसी पक्राउ परेका हुन् ।

केसी सशस्त्र प्रहरी बलको ४ नम्बर बाहिनी पोखरामा कार्यरत छन् । महिलाको उजुरीपछि केसी विरुद्ध अभद्र व्यवहारको कसूरमा उनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने प्रहरी तयारी छ ।

वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस