प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो अफर

काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ। सो अफर फागुन ६ गतेदेखि फागुन १२ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ।

सो अफर अनुसार टेलिकमले देशमा लोकतन्त्र प्राप्तिको लागि आहुति दिने शहीदहरूको सम्मानार्थ शहीद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने भएको छ। जस अनुसार साविक बमोजमको फ्री रिसोर्स १ जिबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिनसम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई निःशुल्क उपलब्ध गराइने छ।

यसैगरी एफटिटिएच अन्तर्गत ५० एमबिपिएसको इएर्ली वाइ टाइम प्याकेज र कम्बो इयर्ली वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ। टेलिकमले कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको छ।

यस अन्तर्गत १ एमबिपिएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जिबी, १३ जिबी, २० जिबी र ३० जिबी डेटा प्याकेज तथा ३० जिबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होण्डाद्वारा चाडपर्व योजना अन्तर्गत एक भाग्यशाली ग्राहकलाई १० लाख पुरस्कार

काठमाडौँ । होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुसीयाली बारबार’ अन्तर्गत …

प्रतिकृया दिनुहॊस