चितवनका किसानले सडकमै पोखे दूध

काठमाडौँ । सरकारले दूधको भुक्तानी नदिएपछि चितवनका दूध किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् । भरतपुरको केन्द्रीय बस टर्मिनल चोकमा भेला भएका किसानहरूले कृषिमन्त्री बेदुराम भुसालको राजीनामासमेत मागेका छन् ।

चितवन दुग्ध उत्पादक सहकारीहरूले दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथिति विरोधमा आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए । किसानहरूले सडकमा दूध पोखाउनुका साथै किसानको समस्याको समाधानको लागि प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

सरकारले आफूहरूको आन्दोलनलाई बेवास्ता गरिएको खण्डमा अझ सशक्त रूपमा आन्दोलन गरिने अध्यक्ष बगालेले बताए । किसानहरूले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र किसानहरू पाउनुपर्ने भुक्तानी पाउनुपर्ने २ वटा माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानहरूले साउन महिनादेखिको करिब ५२ करोड भुक्तानी बाँकी रहेको जनाएका छन् ।

त्यस्तै ५ दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक १ लाख ५१ हजार लिटर दूध बिक्री हुँदै आएको छ । नचाहँदा नचाहँदै पनि सडकमा दूध पोख्न बाध्य भएको भन्दै किसानहरूले आक्रोश जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस