काठमाडौं । ललितपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बागमती गाउँपालिका-३ पाङदुर गहिरा खोलास्थित सडकमा भएको दुर्घटनामा चालकको मृत्यु भएको हाे ।
काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको बा २ च ८२६९ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं महानगरपालिका-४ बालुवाटार बस्ने ५९ वर्षीय राजिब सिंहको घटनास्थलमै मृत्यु भएको छ ।
प्रतिकृया दिनुहॊस