संसद्‌मा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको छ ।

सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूचीमा रहेको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बधी पत्र पढेर सुनाउने कार्यक्रम छ ।

अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

4646

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस