डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित

काठमाडौं । वरिष्ठ रेडियोलोजिष्ट डा.आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य (सिनेटर) मा मनोनित भएका छन् । प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन वर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो ।

अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेजबाट रेडियोलोजीमा विशेषज्ञता हासिल गरेका तथा चिकित्सा क्षेत्रमा चार दशकभन्दा बढीको अनुभव संगालेका डा. श्रेष्ठ नेपाली चिकित्सा क्षेत्रमा रेडियोलोजी विधालाई स्थापित गराउने अग्रणी चिकित्सक हुन् ।

नेपाल सरकारको उच्च शिक्षा प्राविधिक समितिका पूर्व सदस्य समेत रहिसकेका डा. श्रेष्ठ नेपाल मेडिकल काउन्सिलका पूर्व उपाध्यक्ष तथा नेपाल चिकित्सक संघको पूर्व अध्यक्ष समेत रहिसकेका छन् ।

डा. श्रेष्ठ नेपाल मेडिकल कलेजका संस्थापक सञ्चालक शेयरधनी तथा नेपाल रेडियोलोजी सोसाइटिका सल्लाहाकार समेत हुन् । डा.श्रेष्ठ काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

निर्मला पन्त हत्या प्रकरणमा प्रत्यक्षदर्शी दाबी गर्ने अर्याल पक्राउ

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको हत्या प्रकरणमा आफू प्रत्यक्षदर्शी भएको दाबी गर्ने गोरखाका नवराज अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको सोह्रखुट्टे क्षेत्रबाट नियन्त्रणमा लिएको हो । सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार अर्यालले मिडियामा दिएको विवरण सत्यतामा आधारित नभएको र समाजमा गलत सूचना फैलाउने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

प्रतिकृया दिनुहॊस