आज जनयुद्ध दिवस, छैन सार्वजनिक बिदा

काठमाडौं । गृह मन्त्रालयले आज फागुन १ गतेका लागि तय गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । फागुन १ गतेको सार्वजनिक बिदाबारे सर्वसाधारणमा अन्यौल भइरहेका बेला सोमबार गृह मन्त्रालयले आज बिदा कायम नरहेको स्पष्ट पारेको हो ।

सरकारले फागुन १ गते अर्थात आज जनयुद्ध दिवसको सार्वजनिक बिदा दिने निर्णय गरे पनि उक्त निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि बिदा कायम नरहेको हो ।

‘सम्मानित सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल मन्त्रिपरिषद्को मिति २०८०/१०/२५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र ९खण्ड ७२, संख्या ६५, भाग ५ मिति २०७९/१२/०२० मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलवारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्वद्ध सबैको जानकारीका लागि अनुरोध छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस