रिलायबल नेपाल लाइफको साधारण सभाबाट लाभांश पारित

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले संचालक समितिको सातौं वार्षिक प्रतिवेदन छलफलसहित पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० सारमसान्तको वासलात, नाफा, नोक्सान, हिसाव नगद प्रवाह वित्तीय विवरण २०७९ साउन १ गतेबाट २०८० असार मसान्तसम्मको वित्तीय विवरण पारित गरिएको छ ।

सहायक कम्पनी रिलायवल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडको २०७९/०८० को वित्तीय विवरणहरु सहितको एकीकृत वित्तीय विवरण छलफल पनि पारित भएको छ । सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकमा डा. भिष्म कार्की र दिवेश लोहनीलाई निर्विरोध निर्वाचित गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस

This will auto close after