काठमाडौँमा २ सहित ६ जना मृतावस्थामा फेला

काठमाडौं । काठमाडौँमा दुई जनासहित विभिन्न स्थानमा गरी ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं महानगरपालिका-९ बिजयचोकस्थित सिरहा-धनुषा गेष्ट हाउसमा करिब ४० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरूष र ती महिला शुक्रबारदेखि उक्त होटलमा बसेको कोठामा महिलाको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले हाल फरार पुरूषको खोजी गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

यसैगरी काठमाडौंकै टोखा नगरपालिका-६ धापासीस्थित टहरामा डेरा गरी बस्ने ओखलढुङगा लिखु गाउँपालिका-३ घर भएका २३ वर्षीय दिपेश खड्का पनि गएराति मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी भक्तपुरको सूर्यबिनायक नगरपालिका-४ शान्भी गर्ल्स होस्टेलमा बस्ने जाजरकोट नलगाड नगरपालिका-४ घर भएकी २८ वर्षीया कौसिला गौतम आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

गुल्मीको रूरूक्षेत्र गाउँपालिका-२ ईजरे डाँडा बस्ने ६२ वर्षीय हिम बहादुर कामी पनि सोही गाउँपालिका-२ घड्लङ डाँडामा शनिबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार दिउँसो घरबाट हिँडि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।

यसैगरी धादिङको गजुरी गाउँपालिका-४ गैरी गाउँ बस्ने ७६ वर्षीय श्रीकृष्ण तामाङ सोही ठाउँस्थित अजेरी भन्ने जंगलमा शनिबार मृत अवस्थामा फेला परेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिका-१ ईमाडोलमा पनि एक जनाको मृत्यु भएको छ । सो स्थानमा सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ६० वर्षीय नाबुराम तुलामी शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस