गणेशमानलाई सम्झिदै प्रकाशमानले भने- कांग्रेस विधानको औचित्य रहेन

काठमाडाैं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन गर्ने तरिकाप्रति आक्रोश पोखेका छन् ।

आफ्ना पिता तथा सर्वमान्य नेता गणेशमान सिंहको १०४ औं जन्म जन्मजयन्तिको अवसरमा शोभा भगवतिमा आयोजित कार्यक्रममा सिंहले पद र प्रतिष्ठाका लागि जे पर्ने संस्कार पार्टीभित्र मौलाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सिंहले भने, ‘आज पद प्रतिष्ठा र कुर्सीको लागि जे सुकै गर्न तयार हुने अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमान सिंहको जिवनी पढ्न आग्रह गर्दछु । कांग्रेस पार्टी जो लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाको लागि लड्यो त्यही पार्टीभित्र आन्तरिक लोकतन्त्र नहँुदा कसरी अरुलाई लोकतन्त्रको दुवाई दिने प्रश्न चिन्ह खडा भएको छ ।’

उनले केही दिन अघि केन्द्रीय समिति बैठकले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने प्रष्ट उल्लेख गरे । सिंहले विधानमै नभएको उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गर्नु दुखद् भएको बताए ।

‘पार्टीको विधान केही हैन सभापति नै सबैथोक हो । जे मन लागो त्यही गर्दै हिड्न सकिन्छ भनेर जसरी सभापति प्रस्तुत हुनुभयो । यसले अब कांग्रेसमा पार्टी विधानको कुनै औचित्य रहेन । आवश्यकता अनुसार विधान संशोधन गर्नुभन्दा पनि म नै विधान हुँ जसरी सभापति प्रस्तुत हुनु दुखद् हो, सिंहले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोप-२९ मा सहभागी भई राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) …

प्रतिकृया दिनुहॊस