सांकेतिक तस्बिर

आगोले जलेर दुई महिलाको मृत्यु

काठमाडौं । दाङ र कैलालीमा आगोले जलेर दुई महिलाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–८ कटकुइयाँकी ४४ वर्षीया लक्ष्मी चौधरी र कैलालीको बर्दगोरिया गाउँपालिका–१ बस्ने देवकी न्यौपानेको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको हो ।

खाना पकाउने क्रममा जलेर लक्ष्मीको मृत्यु भएको हो भने देवकीको घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो । लक्ष्मीको बिहीबार राति खाना पकाउने क्रममा कपडामा आगो सल्किएको कारण जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

गत ९ माघमा घरमा खाना पकाउँदै आगो ताप्ने क्रममा जलेर घाइते भएकी न्यौपानेको बिहीबार मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर एक साता उपचार गरिए पनि उनको बिहीबार घरमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस