[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
आजको पञ्चाङ्ग
वि.सं. माघ १९, २०८० । ई.सं. 02 Feb, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ पोहेलागा । पिङ्गल उत्तरायण शिशिर । शुक्रबार माघ कृष्णपक्ष । तिथि सप्तमी ११:३९ बजेसम्म, त्यसपछी अष्टमी । नक्षत्र स्वाती ०२:०० बजेसम्म, त्यसपछी विशाखा । योग शूल ०९:५३ बजेसम्म, त्यसपछी गण्ड । करण वव ११:३९ बजेसम्म, त्यसपछी वालव ००:०८ बजेसम्म, त्यसपछी कौलव । चन्द्रराशि तुला । आनन्दादि योग गद । दिनमान १०:५१ । सूर्योदय ६:५२ । सूर्यास्त १७:४३ । अष्टमीव्रत सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आहार विहारमा भने सजग रहन जरूरी छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन घरमै मनोरञ्जनपूर्ण रहला । सामाजिक तथा परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । कुनै खबरले मनमा हर्ष र प्रसन्नता छाउन सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा झन्झट र समय खर्चनु पर्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धार्मिक सामाजिक कार्यमा विशेष रुचि रहनुका साथै सेयरबजारबाट राम्रै लाभ हुनसक्छ, तर मनमा दोधारको अवस्था सिर्जना होला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वाणीमा कुशलता आउने दिन परेको छ । नयाँ काम र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भाग्य बलमा कमी भएको आभास गर्नु हुनेछ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) बोलीवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट
प्रतिकृया दिनुहॊस