बैंकर्स संघ र केयुले तथ्यांकमा आधारित अनुसन्धान गर्ने

काठमाडाैं । नेपाल बैंकर्स संघ तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका तर्फबाट अध्यक्ष सुनिल के.सी. र काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका तर्फबाट स्कुलका डिन प्रा. विजय के.सी. ले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दुई पक्षले मुख्यतयः आर्थिक तथा वित्तीय विषयहरूमा संयुक्त अध्ययन र तथ्यांकमा आधारित अनुसन्धानमार्फत् नीतिगत सुधारका कामहरूलाई प्राथमिकताका साथ अगाडि बढाउनुका साथै विभिन्न क्षेत्रमा सहकार्य गर्दै विविध कार्यक्रमहरूको माध्यमबाट अगाडि बढ्ने लक्ष्य लिइएको छ।

साथै, विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको प्रयोगात्मक सिकाइलाई थप सहयोग गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्न इन्टर्नशिप अवसरको लागि पनि सहकार्य गरिनेछ।

यस सहकार्यले विश्वविद्यालय र संघको ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदान–प्रदान गर्दै समग्र वित्तीय क्षेत्रको विकासको लागि थप सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री