प्रताप दास र निता आचार्यको ‘झिम झिम परेली’ सार्वजनिक

काठमाडौँ । प्रताप दास र निता आचार्यको स्वरमा रहेको गीत ‘झिम झिम परेली’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक भएको हो ।

कार्यक्रममा बोल्दै अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताए । उनले गीत झिम झिम परेली सबैले रुचाउनेमा विश्वस्त रहेको बताए । उनले विदेशमा रहेर पनि नेपाली कला,संगीत र नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी भएको बताए ।

उनले भने ‘गीत गुन्गुनाउन सबैलाई मन पर्छ । गीत भनेको कला क्षेत्रको सर्वव्यापी माध्यम हो । त्यसमा पनि जुन किसिमको गीत सुन्न पाइयो धेरै मिठो छ । विदेशमा रहेर पनि नेपाली कला, नेपाली संगीत र नेपाल अनि नेपाली माटोलाई बिर्सन नसक्नु ठूलो खुबी हो ।’

गीतको निर्देशन केशवराज भट्टले गरेका हुन् भने संगीत शंकरा थापा र गीतका लेखक डिपि खनाल हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after