काठमाडाैं । काठमाडौंको कागेश्वरी नगरपालिका मूलपानीस्थित निर्माणाधीन क्रिकेट रंगशालामा एक १२ वर्षीय बालिकाको सामूहिक बलात्कार भएको छ । लक्ष्मीपूजाकाे दिन बुधबार याे घटना भएकाे हाे । प्रहरीका अनुसार तीनजना युवकले गोकर्णेश्वर नगरपालिका घर भएकी ती बालिकालाई निर्माणाधीन रंगशालाकाे एउटा कोठामा बलत्कार गरेका हुन् ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले बालिकाको उद्धार गरी स्वास्थ्य जाँचका लागि प्रसुति गृह थापाथलीमा पठाएको छ । घटनामा संलग्न ३ जना पक्राउ परेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा धादिङ चैनपुरका २१ वर्षीय रविन इटनी, बर्दिया बगनाह घरभई मूलपानी बस्ने ३० वर्षीय डिल्लीराम थारु र २८ वषीय विक्कु थारुलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीकाअनुसार घटनामा संलग्न तीनै जना निर्माणधीन रंगशालामा कामगर्ने मजदुर हुन् । बालिकासँग परिचित रहेका उनीहरुले बुधबार दिउसो फकाएर कोठामा लगेपछि जबर्जस्ती करणी गरेका थिए । ‘बालिकाको सामुहिक बलात्कार भएको छ । आरोपी नियन्त्रणमा छन् । बालिकाको उपचार भइरहेको छ,’ डिएसपी बोगटीले भने ।
प्रतिकृया दिनुहॊस