संसद्को अधिवेशन माघ २२ गते बोलाउने निर्णय

काठमाडौं । सरकारले संसद्को अधिवेशन माघ बोलाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले संसद्को अधिवेशन माघ २२ गते साँझ ४ बजे बोलाउने निर्णय गरेको हो ।

सङ्घीय संसद्को दुवै सदनको बैठक बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

‘यही माघ २२ गते अपराह्न ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने निर्णय भएको छ,’ उनले भनिन‍् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री