काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ ।
तेजाबी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको हो । यस दिन चाँदी १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




