नवलपुरमा गर्भवतीको हत्या, श्रीमान पक्राउ

काठमाडाैं । नवलपुरको हुप्सेकोटमा एक गर्भवती महिलाको हत्या भएको छ । जिल्लाको हुप्सेकोट गाउँपालिका–६ बिरुखर्कका ३३ वर्षका शेरबहादुर लम्कामगरले ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहान १ बजेतिर शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलका अनुसार चनिसरा ८ महिनाकी गर्भवती थिइन् । श्रीमतीको हत्या गर्ने शेरबहादुरलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ । हत्या गर्नुको कारण खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री