सार्वजनिक ऋण २३ खर्ब ८० अर्ब नाघ्यो, पुसमा मात्रै १९ अर्ब थपियो

काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २३ खर्ब ८० अर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनले गत पुससम्म सार्वजनिक ऋण २३ खर्ब ८० अर्ब ५८ करोड रुपैयाँ पुगेको देखाएको हो ।

जसमध्ये १ खर्ब २८ अर्ब ३१ करोड आन्तरिक र ३४ अर्ब २७ करोड वाह्य ऋण थपिएको हो । यस्तो ऋण गत आर्थिक वर्षको अन्त्यसम्म २२ खर्ब ९५ अर्ब ४३ करोड रहेको थियो ।

पछिल्लो एक महिना अर्थात पुस महिनामा मात्र नेपालले तिर्नुपर्ने ऋण ९ अर्ब ३१ करोड रुपैयाँले बढेको कार्यलयले जनाएको छ । यो महिना २३ अर्ब १४ करोड रुपैयाँ ऋण सरकारले तिरेको कार्यलयको तथ्यांकले देखाउँछ । यो महिना १९ अर्ब ७ करोड रुपैयाँ ऋण नेपाल सरकारले प्राप्त गरेको हो ।

यो ६ महिनामा नेपाललले ७७ अर्ब ४५ करोड रुपैयाँ सावाँ भुक्तानी गरेको छ । जसमध्ये ५९ अर्ब ३७ करोड रुपैयाँ आन्तरिक र १८ अर्ब ७ करोड रुपैयाँ बाह्य सावाँ भुक्तानी गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री