निजी क्षेत्रलाई दिए १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ : इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघका अध्यक्ष गणेश कार्कीले १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताएका छन् । इप्पान डेको कार्यक्रममा बोल्दै उनले सरकारले निजी क्षेत्रले आयोजना बनाउने वातावरण बनाए १० हजार मेगावाट बनाउन सक्ने बताएका हुन् ।

कार्कीका अनुसार २९ सय मेगावाटमा ७० प्रतिशत निजी क्षेत्रको योगदान छ । अहिले १५ सय मेगावट आयोजनाको प्रसारणलाइन बनाउनुपर्ने आवश्यकता पनि उनले कार्यक्रममा औँल्याए । कार्यक्रममा ऊर्जामन्त्री शक्ति बस्नेतले सुख्खा र वर्षा समयमा विद्युतको महशुल फरक हुनुपर्ने बताए । हिउँदमा ऊर्जा उत्पादन कम हुने भएकाले फरक मूल्य हुनुपर्ने बताए ।

उनले पछिल्लो १० वर्ष नेपालको ऊर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरे । उनले निजी क्षेत्र र सरकारको इच्छाशक्तिले आगामी १२ वर्ष भित्रमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्नसक्ने बताए । मन्त्री बस्नेतले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढिरहेको बताए । उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको बताए । उनले उत्पादन अनुमति पाएर लाइसेन्स होल्ड गर्ने समस्या समाधान गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

ऊर्जा उत्पादनमा पछिल्लो दशक सबैभन्दा बढी प्रगति भएको इप्पानले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले २३ वर्ष पूरा गरी २४ वर्ष पुगेकोमा इप्पानलाई शुभकामना व्यक्त गरे ।

यो पनि : इप्पानले मनायो २४ औँ वार्षिकोत्सव, ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरू सम्मानित

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री