फाइल फोटो

इमाडोलको इनारमा खसेकी न्युटनको उद्धार

काठमाडौं । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार गरिएको छ । सोमबार बिहान इमाडोल कृष्णमन्दिर नजिकै एक घरको इनारमा २८ वर्षीया न्युटन प्रधानको उद्धार गरिएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए ।

उद्धार गरिएकी प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ । उनी दोलखा घर भई इमाडोलमा डेरा गरी बस्थिन् ।

उनको खुट्टामा चोट लागेको हुनसक्ने बताइएको छ । कपडा धोएर सुकाउन जाने क्रममा इनारको स्ल्याब भाँच्चिएपछि खस्न पुगेकी बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस