५२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

काठमाडाैं ।  एक ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाकाे मेचीनगर नगरपालिका–१२ प्रगति टोल बस्ने ७२ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठले ती महिलालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको उजुरी परेको थियो । प्रहरी चौकी चारआलीबाट खटिएको टोलीले उनलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस