तपस्वी बम्जनलाई जेलभित्र छुट्टै खाना, ध्यान गर्ने पनि व्यवस्था

काठमाडौं । ‘तपस्वी’ रामबहादुर बम्जनले कारागारमा विभिन्न माग राखेका छन् । जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका उनीले आफ्ना माग राखेका हुन् ।

उनले अरू कैदीबन्दीले खाने खाना आफू नखाने बताएको स्रोतले जनाएको छ । जलेश्वर कारागारका एक अधिकारीका अनुसार उनले छुट्टै खाना बनाएर दिन आग्रह गरेका थिए । उनले बेसार, लसुन, प्याज हालेको दाल, तरकारी पनि नखाने बताएका हुन् ।

बम्जनले खाना खान नमानेपछि कारागारमा रहेका अरू जोगीहरूलाई बनाएका खाना दिएको कारागार प्रशासनले जनाएको छ । रामबहादुरले कारागारमा ध्यानको लागि योग्य स्थानको समेत माग गरेका छन् । उनले शुक्रबार बिहानै पनि ध्यान गरेका थिए ।

बाल यौन शोषण गरेको अभियोगमा बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …

प्रतिकृया दिनुहॊस