गौशाला-२६ को पहिचान खुलाउनेलाई खोज्दै प्रहरी

काठमाडौं । गौशाला-२६ ले दिएको उजुरीमा साइबर ब्युरोले अनुसन्धानमा तीव्रता दिएको छ । सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि अनुसन्धान थालेको ब्युरोले जनाएको छ ।

ब्युरोका एक अधिकारीका अनुसार गौशाला–२६ का तस्बिर सार्वजनिक गर्नेहरूको खोजी सुरु भएको छ । ‘विद्युतीय माध्यमबाट ती तस्बिरहरू सार्वजनिक गराइएकाले ब्युरोले यो विषयलाई नोटिसमा लिएको हो’, ती अधिकारीले भने–अनुसन्धान भइरहेको छ,पहिचान खुलाउनेलाई खोज्दै छौं ।’

जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधवार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो । त्यसपछि लामिछानेका समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस