इलाममा बाबुले छुरा प्रहार गरी गरे १८ वर्षीय छोराको हत्या

काठमाडाैं । इलामको माई नगरपालिकामा गए राति बाबुले छोराको हत्या गरेका छन् । माई नगरपालिका–६ को बिहीबारे सोमबारे नजिकैका दिलकुमार राईले छोरा १८ वर्षे जीवनको हत्या गरेका हुन् । जीवन स्थानीय भगवती माविमा कक्षा ११ मा अध्ययरत थिए ।

मदिराका कारण भएको घरायसी विवादमा दिलकुमारले छोराको पेटमा चुप्पी (छुरा) प्रहार गरेका थिए । गम्भीर घाइते जीवनलाई तत्काल झापाको बीएन्डसी अस्पतालमा लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको स्थानीयले जानकारी दिए । ३७ वर्षे दिलकुमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस