काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै चिसो

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार यो भन्दा न्यून तापक्रम हुने सम्भावना छ । ‘आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । पौने ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।’

उपत्यकाको अधिकत तापक्रम पनि केही दिनयता ओरालो लागिरहेको छ । महाशाखाको विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने अधिकतम तापक्रम १७.२ डिग्री सेल्सियस थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस