भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पले क्षति पुर्‍याएको संरचना पुनःनिर्माणका लागि भारतले १० अर्ब सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल-भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि एक हजार करोड (१० अर्ब) सहयोग गर्ने विषयमा सहमति भएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको बताए । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।

बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको प्रवक्ता राईले बताए । बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस