सुनको मूल्य एकैदिन १३ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १९ हजार ५ सयमा कारोबार भइरहेको हो ।

तेजाबी सुन तोलामा १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल टेलिकमको आम्दानी घट्यो, नाफा भने वृद्धि

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०८०/ ०८१ को तेस्रो त्रैमासिकको वित्तीय विवरण सोमबार …

प्रतिकृया दिनुहॊस