काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ बिरामी भएपछि अस्पताल भर्ना भएका छन् । दम बढेपछि उनलाई गएको आइतबारै त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उपचारपछि उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ । अझै केही दिन वैद्यलाई अस्पतालमै राखेर उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् । ७७ वर्षीय वैद्य विगत लामो समयदेखि दम रोगबाट पीडित छन् ।
प्रतिकृया दिनुहॊस