सांसद राजेन्द्र राईले मागे गृहमन्त्री श्रेष्ठको राजीनामा

काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । उनले राज्य व्यवस्था समितिको बैठकमा छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकेर गोली हानिएको उनको आरोप छ । ‘घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो,’ उनले भने, ‘अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि १ विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हाल्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?’

उनले सुरक्षा प्रमुखहरूले ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जाने गरी भएको घटनामा प्रष्ट कुरा नराखेको पनि बताए । ‘समस्या देखिएपछि गम्भीर रूपमा लिएर समाधान गर्नुपर्छ कि गोली हान्नुपर्छ ?’ उनले प्रश्न गरे, ‘ठाउँको ठाउँ गोली हानेर मानिस मार्न मिल्छ ?’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस