सिक्किममा अशान्ति मच्चाउन खोजेको आरोपमा नेपाली युट्युबर पक्राउ

काठमाडौं । साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा खोटाङकी युट्युबर उमा चाम्लिङ राई भारतको सिक्किममा पक्राउ परेकी छन् । भिडिओ पोस्टमार्फत् साम्प्रदायिक हिंसा भड्काउने प्रयास गरेको आरोपमा शनिबार उनलाई सदर प्रहरी स्टेशन गान्तोकले पक्राउ गरेको हो ।

सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चाकी सदस्य शिला राईले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो । उमालाई अदालतमा पेश गरी थप अनुसन्धानका लागि पाँच दिन प्रहरी हिरासतमा राख्न अनुमति लिइएको छ । पक्राउ परेकी उमाले १० पुसमा वनझाँक्री बस्ने गुफा र ११ पुसमा चारधाम सिक्किम घुमफिरबारे भिडिओ सामग्री पोस्ट गरेकी थिइन् । उनले सिक्किममा साकेला मनाउनका लागि भिडिओमार्फत आह्वान गरेकी थिइन् । त्यसैलाई आधार बनाएर पक्राउ गरिएको जनाएको छ ।

सिक्किममा सन् २०२४ मा विधान सभा चुनाव हुँदैछ । सोही चुनावलाई लक्षित गरेर उमाले ‘साम्प्रदायिक’ तथा ‘आतङ्ककारी हिंसा’ भड्काउन षडयन्त्र गरेको आरोप लगाइएको छ । उमा राईले सिक्किमका विभिन्न समुदायको सामुदायिक हिंसा भड्काउन प्रवर्द्धन गरेको भन्दै परेको निवेदनको आधारमा पक्राउ गरिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछानेको तेस्रो दिनको बयान सुरु

काठमाडाैं । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) …

प्रतिकृया दिनुहॊस