बालकुमारी घटनामा ज्यान गुमाएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख दिने

काठमाडौं । सरकारले ‘बालकुमारी घटना’ का मृतकको परिवारलाई १०/१० लाख रुपैयाँ दिने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, गृहमन्त्रीलगायत सम्मिलित बैठकले मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

यस्तै मृतकहरूको शव सरकारले नै सम्बन्धित व्यक्तिको परिवारसम्म पुर्‍याइ दिने भएको छ । घटनामा २३ वर्षे सुजन रावत र २२ वर्षे वीरेन्द्र शाहले ज्यान गुमाएका थिए । प्रधानमन्त्री, गृहमन्त्रीसहित सुरक्षा अधिकारी समेत सहभागी बैठकले हिजो घटनास्थलमा खटेका प्रहरी नायब उपरीक्षक, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाकाका पीएसओलाई निलम्बन गर्ने निर्णय पनि गरेको छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई सोधपुछका लागि गृहमन्त्रालय तानिएको छ भने ललितपुरका एसएसपी शिद्धिविक्रम शाहलाई हेडक्वार्टर तानिएको छ । कोरिया रोजगारीमा जानका लागि आवेदन दिन नपाएकोमा आक्रोशित युवाहरूले हिजो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए । त्यसपछि प्रहरीले उनीहरूलाई गोली हानेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

८४ को चुनाव देउवाले गराउनुहुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिले नै मन्त्रीमण्डल फेरबदल नहुने बताएका छन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रधानमन्त्री कार्यकारी हुने व्यवस्थामा मन्त्रीमण्डलमा फेरबदल हुनु सामान्य कुरा भएको बताए । उनले मन्त्री हेरफेरको चर्चाबारे गरिएको प्रश्नमा मन्त्रिपरिषद्मा हेरफेरको कुरा आजसम्म नचलेको दाबी गरे ।

प्रतिकृया दिनुहॊस