सुनको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, प्रतितोला कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बुधबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्म कै बढी हो ।

यसअघि मंसिर १७ मा सुनको भाउ १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस