दुबईबाट फर्किदा विमानमै बच्चा जन्माएकी महिला भन्छिन्- नेपाली केटासँग प्रेममा थिएँ

काठमाडौं । एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् । सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको प्रारम्भिक सोधपुछमा यूएईमा रहँदा नेपाली केटासँग प्रेम सम्बन्धमा रहेको र बच्चा जन्माउन नै नेपाल आएको बताएकी हुन् ।

‘म बच्चा जन्माउन नै नेपाल आएकी हुँ’, काठमाडौं प्रहरीका एक अधिकारीले ती महिलालाई उद्धृत गर्दै भने ।

यूएईबाट त्रिभुवन विमानस्थलमा अवतरण भएको एयर अरेबियाको विमानको शौचालयभित्र पुस ४ गते नवजात शिशु मृत फेला परेको थियो । सरसफाइ गर्ने क्रममा विमानका कर्मचारीले नवजात शिशु फेला पारेका थिए ।

त्यसपछि विमानबाट ओर्लिएर अध्यागमनतर्फ जाँदै गरेकी नवलपरासीको बर्दघाटकी ३० वर्षीय ती महिला पक्राउ परेकी थिइन् । शारीरिक अवस्था कमजोर देखेपछि प्रहरीले उनलाई तत्कालै केएमसी पुर्‍याएर आईसीयूमा भर्ना गरेको थियो ।

महिलाले करिब ९ महिनामा विमानभित्रै शिशु जन्मिएको प्रहरीलाई बताएकी छन् । ‘शौचालयमा गएपछि म बेहोस भएँ । पछि के के भयो, थाहै पाइनँ । प्रहरीले समातेपछि झसङ्ग भएँ’, हाल उपचारकै क्रममा रहेकी ती महिलाको भनाइ उद्धृत गर्दै ती प्रहरी अधिकारीले भने ।

महिलाले प्रेमी सम्पर्कमै रहेको बताएकी छन् । साढे तीन वर्षअघि वैदेशिक रोजगारीमा गएकी ती महिलाले आफू यूएईमा होटलको कर्मचारी भएको बताएकी छन् । प्रहरीका अनुसार उनी होटलमा हाउस किपिङलगायतको काम गर्थिन् ।

प्रहरीले ती महिलाका आफन्तलाई पनि सम्पर्कमा ल्याएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि आवश्यक अनुसन्धान अगाडि बढाउने तयारी महानगरीय प्रहरी वृत्त गौशालाको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस