सिटिजन्स बैंंकका पूर्वअध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

काठमाडौँ । नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् ।

शनिवार चितवनमा आयोजित संघको ३७ औँ वार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको समुपस्थितमा गौतमलाई सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रही आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।

गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्तर्राष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आबद्ध भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कूटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रूपमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रूपमा मिति २०६७।०१।१७ देखि मिति २०६८।०६।२८ सम्म रहेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds