डा. गोविन्द केसीले तोडे अनशन

काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडेका छन् ।

डा. केसीले ७२ घण्टापछि सोमबार साँझ धनगढी उपमहानगरपालिका-१ की अञ्जली नेपाली र धनगढी उपमहानगरपालिका-७ की रेनुका चौधरीको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।

डा. केसीले २९ मंसिरको साँझ ५ बजेदेखि धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनशन बसेका थिए । अनशन तोडेपछि डा. केसी उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना हुँदैछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री