माल्टा पठाइदिने भन्दै ३ लाख ठग्ने पोसाक पक्राउ

काठमाडौं । माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वैदेशिक रोजगारका लागि माल्टा पठाइदिन्छु भन्दै ३ लाख ३० हजार ठगी गर्ने रामेछाप जिल्ला लिखु गाउँपालिका घर भई हाल मैपी बस्ने पोसाक सुनुवार पक्राउ परेका छन् ।

सुनुवारले प्रतिव्यक्ति रु. ९,५०,०००/- ( अक्षेरुपी नौँ लाख पचास हजार रुपैयाँ ) लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-( अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक-पटक गरी जम्मा रु. ३,३०,०००/- (अक्षरुपी तीन लाख तीस हजाररुपैयाँ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मैपीबाटै पक्राउ गरेको हो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस