कुमारी बैंकद्वारा कर्जाको प्रिमियम दर अधिकतम ३.५ प्रतिशत कायम

काठमाडौँ । कुमारी बैंकले आफ्ना ऋणी ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै कर्जाको प्रिमियम दर घटाउने निर्णय गरेको छ । आउँदो जनवरी १ देखि लागू हुने गरी कर्जाको प्रिमियम दरलाई अधिकतम ३.५ प्रतिशत रहनेगरी लागू गरिने बैंकले जनाएको छ ।

यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका नयाँ तथा पुराना सबै ग्राहकहरूमा लागू हुनेछ । कुमारी बैंकले आफ्ना ग्राहकहरूको आर्थिक गतिविधि थप चलायमान होस् भन्ने उद्देश्यका साथ प्रिमियम दर घटाउने निर्णय गरेको हो ।

कुमारी बैंकले आफ्ना ग्राहकहरूका गतिशील आवश्यकताहरू र निरन्तर परिवर्तन हुने वित्तीय परिदृश्यलाई पूरा गर्न समयानुकुल विभिन्न योजनाहरू प्रवर्द्धन गर्ने गरेको छ । बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन बैंक सदैब तत्पर बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds