काठमाडौँ । काठमाडौँ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो ।
उपत्यकाको मौसम सामान्यतया सफा रहेको छ । ‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो ।’

तपाईंको प्रतिकृया



