ब्ल्याङ्क्वेटले बेरेको युवतीको शव भेटियो, पहिचानका लागि प्रहरीद्वारा तस्बिर सार्वजनिक

काठमाडौँ । गोरखाको पालुङटार युवतीको शव भेटिएको छ । पालुङटार-६ कुमालटारीस्थित गोरेटोबाटोमा बिहीबार करिब ३०/३२ वर्षकी जस्तो देखिने युवतीको शव भेटिएको हो ।

गोरेटोको बाटो छेउमा ब्ल्यांकेटले बेरेको अवस्थामा भेटिएको शवको सनाखत हुन नसकेको भन्दै गोरखा प्रहरीले फेसबुकमार्फत शवको तस्बिर सार्वजनिक गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री